दफा २८ज
सीमित दायित्व भएको साझेदारीको दायित्वः

(१) सीमित दायित्व भएको साझेदारी फर्मको कारोबार गर्दा वा कुनै साझेदारलाई प्राप्त अख्तियारी प्रयोग गर्दा सिर्जना भएको कुनै पनि दायित्व साझेदारी फर्मको दायित्व मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साझेदारले गरेको देहायको कारोबारका सम्बन्धमा साझेदारी फर्मको दायित्व सिर्जना हुने छैन ।
(क) त्यस्तो साझेदारलाई अख्तियारी नदिएको कारोबार,
(ख) जुन व्यक्तिसँग कारोबार भएको छ त्यस्तो व्यक्तिलाई त्यस्तो साझेदारलाई त्यस्तो कारोबार गर्न अख्तियारी नभएको जानकारी भएको वा निजलाई त्यस्तो व्यक्ति साझेदार नभएको जानकारी भएको वा जानकारी हुनु पर्ने कारण भएको कारोबार ।
(३) उपदफा (१) बमोजिमको दायित्व सीमित दायित्व भएको साझेदारी फर्मको सम्पत्तिबाट व्यहोर्नु पर्नेछ ।